दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारहरु विजयी हुनुभएको छ । आज भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली काङ्ग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो ।

औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको मतगणनाको परिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवारले ३ हजार ३ सय १२ मतभार पाउनुभएको छ ।

मतदानमा प्रदेश सभा सदस्य ८१ जना र २ सय १३ जना स्थानीय तहका पदाधिकारीहरुको सहभागीता थियो । एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्तालाई चुनावी मैदानमा उतारेको थियो । एमालेका सबै उम्मेद्वार पराजित हुनुभएको छ ।