काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा ४ हजार ८ सय ७५ जना, ललितपुरमा ७ सय ८२ जना तथा भक्तपुरमा ५ सय १५ जना सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल काठमाडौंमा ४१ हजार ६ सय ३३, ललितपुरमा ९ हजार ६ सय ६८ तथा भक्तपुरमा ५ हजार ५ सय ८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।