काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट कुल २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ हजार ४० जना सङ्क्रमणबाट निको भएका छन् ।


नेपालमा अहिले कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या ८८ हजार ९ सय ३४ पुगेको छ । आज कोरोना भाइरसबाट सङ्क्रमित भै उपचार गराइरहेका मध्ये ८ जनाको मृत्यु भएको छ ।


नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये ८ लाख २७ हजार २ सय ७९ जना निको भएका छन् भने सोही सङ्क्रमणका कारण ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।