धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ । एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको हो ।

भट्ट २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । बैठकले प्रदेश सभामा पार्टीको भूमिकालाई सशक्त बनाउँदै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको प्रमुख सचेतक भट्टले जानकारी दिनुभयो ।

बैठक प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको थियो ।