जर्मनीको हाइडलबर्ग सहरमा एक बन्दुकधारीको हमलामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार घटना हाइडलबर्गको एक विश्वविद्यालयको लेक्चर हलमा भएको थियो ।

हमलावरको पनि मृत्यु भइसकेको छ । एक प्रहरी अधिकारीले रोयटर्ससँग कुराकानी गर्दै हलमा गाली प्रहार गरेपछि त्यहाँबाट भागेर ती हमलावरले आत्महत्या गरेका थिए । हमलाको कारण अझै पत्ता लाग्न सकेको छैन ।

मिडिया रिपोर्टका अनुसार हमलावर विश्वविद्यालयकै एक छात्र थिए । हमलावरको कुनै राजनीतिक उद्देश्य नभएको पनि समाचारमा उल्लेख गरिएको छ । जर्मनीमा बन्दुक सम्बन्धी कडा कानुन रहेको छ । –स्रोत बीबीसी