काठमाडौं उपत्यकामा आज एकै दिन ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५ सय ८७ जना र भक्तपुरमा ४ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।