काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५४ पीसीआर विधिबाट तथा ४ हजार ५ सय ४७ एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ जना पुगेको छ । यस्तै आज २ हजार ५ सय ४० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ८२ हजार ५ सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।