काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसैगरी चाँदी प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा नै कारोबार भइरहेको हो ।