काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) का महानिर्देशक हान्स क्लुगले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । डब्लूचएओका महानिर्देशक हान्स क्लुगका अनुसार ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली सङ्क्रमित हुने छन् ।


अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड सङ्क्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड सङ्क्रमण विस्तारै घट्दो क्रममा छ ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । उनले खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको बताएका छन् । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ ।’