कास्की – पोखरामा जारी आहारारा गोल्डकप अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा मनाङ् मस्र्याङ्दी क्लबले बाजि मारेको छ । आजको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै आहारारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २–० गोलले पाखा लगाउँदै सेमिफाइनलको यात्रा पक्का गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको मनाङले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै खेलको ६४ औं मिनेटमा रुपेशले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । नेपाल पुलिसका मिडफिल्डर हेमन्त श्रेष्ठले डिफेन्डर अजीत भण्डारीलाई ब्याक पास दिएका थिए । तर भण्डारी उक्त बल कन्ट्रोल गरेर क्लियर गर्न नसक्दा प्राप्त अवसरको सदुपयोग गर्दै रुपेशले गोल गर्न सफल भएका थिए ।

खेलको उत्तरार्धको ८८ औं मिनेटमा मनाङका लागि अलावाले अफिज टिमका लागि गोल थप्दै मनाङको जित सुनिश्चित गरे । उनले डिफेन्समा बसेका भोलानाथ सिलवाल र अजीत भण्डारीबाट बल जोगाउँदै सुन्दर फिनिसिङ दिएका हुन् ।

खेलको ८७ औं मिनेटमा विमल राना घाइते भएपछि केही समय मनाङमर्स्याङ्दी १० खेलाडीमा सीमित हुन पुगेको थियो । तर आफ्नो संयमता मात्रै कायम राखेन, दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । दुवै टिम आहारारा गोल्डकपमा समान ६÷६ पटक विजेता बनेका टिम हुन् ।

पुलिस क्लबले यसअघि सिन सहाराकै क्याराभान कपसमेत जितेको थियो । नेपाल पुलिस क्लब जारी प्रतियोगितामा हिमालयन शेर्पालाई सडेन डेथमा हराउँदै पुलिस क्लब क्वार्टरफाइनल प्रवेश गरेको थियो । यसअघि अमेरिकन टिम बिवाइएससीलाई ३–१ ले हराउँदै एपिएफ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अर्को क्वाटरफाइनल खेल भोलि सोमबार डिफेन्डिङ च्याम्पियन सङ्कटा र मच्छिन्द्र क्लबबीच अन्तिम ४ का लागि भिड्नेछन् । सहारा क्लबले आयोजना गर्दै आइरहेको आहारारा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।