काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या आधा कम रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८ सय ६८ जना, ललितपुरमा ६ सय २ जना र भक्तपुरमा ३ सय २१ जना नयाँ सङक्रमित थपिएका हुन् । गत २४ घण्टामा देशभर ६ हजार ४६२ जना सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोहीे अवधिमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ५५ पुगेको छ ।

आज आइतबार १ हजार ४ सय १६ जना कोरोना भाइरसको सक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७७ हजार ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।