काठमाडौं – आज मुलुकभर गरी पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ३ सय ७७ जनाको पीसीआर विधि तथा ४ हजार ६० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमणको परीक्षण भएको छ । कुल १७ हजार ४ सय ३७ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हो ।

आजको करिब एक हप्ता अवधिमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या झण्डै आधाआधि घटेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोहीे अवधिमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ५५ पुगेको छ ।

आज आइतबार १ हजार ४ सय १६ जना कोरोना भाइरसको सक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७७ हजार ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।