फाइल तस्वीर
अङ्कारा – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा प्रत्यक्ष टेलिभिजन कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न टर्कीको अदालतले आदेश दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

कार्यक्रमको क्रममा लाइभ टिभीमा पत्रकारले राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ । टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध मानिन्छ । पत्रकार काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भएको र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको बताइएको छ ।

सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रेस सेक्रेटरी ओमेर सेलिकले पत्रकार काबासको उक्त टिप्पणीलाई अनैतिक र मूर्खतापूर्ण भनेका छन् । शनिबार, टर्कीको अदालतले पत्रकारलाई गिरफ्तार गर्ने निर्णय गरेको सीएनएन टर्कले जनाएको छ ।