काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यामिक शिक्षा परीक्षा (एसईई) बैशाख र कक्षा १२ को परीक्षा जेठमा गर्ने भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माको अध्यक्षतामा हिजो शनिबार बसेको बोर्ड बैठकले एसईई बैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।

देशव्यापी रुपमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका कारण एईई दिने विद्यार्थीहरुमा आफ्नो भविष्य अन्योलमा पर्ने चिन्तामा रुमलिरहेको बेला राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा गराउने निर्णय गरेको छ । यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केही पछि गर्ने निर्णय भएको बोर्डले बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको शैक्षिक सत्रलाई निरन्तरता दिंदै विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय गरेको जनाएको छ ।