साङ्केतिक तस्वीर
सिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका–३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुङ्गाले एक्स्काभेटर चालकलाई लागेको थियो ।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ । स्थानीयहरुका अनुसार चालक मृतक श्रेष्ठ शुक्रबार मात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।