काठमाडौं — नेपालमा शनिबार १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार २ सय १२ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कुल २० हजार १८७ जनाको कोरोना भाइरस भए नभएको परीक्षण भएको थियो ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढेसँग देशभर ७२ हजार ८ सय ७६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५१ जना रहेको छ ।

यसैगरी आज ७ सय ८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म यसरी निको हुनेको सङ्ख्या ८ लाख २० हजार २ सय ८३ जना रहेका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये ९० दशमलव ७ प्रतिशत निको भएका छन् ।