फाइल तस्वीर
नयाँदिल्ली– भारतमा एकैदिन झण्डै साढे ३ लाख जना कोरोना भाइरसबाट सङ्क्रमित भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २ सय ५४ जना सङ्क्रमित थपिएका हुन् । यो सङख्या बिहीबारको तुलनामा २९ हजार ७२२ ले धेरै रहेको पनि मन्त्रालयले जनाएको छ ।


त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा ७ सय ३ जनाको मृत्यु भएको उल्लेख छ । सोही अवधिमा २ लाख ५१ हजार ७ सय ७७ जना कोरोना भाइरसको सङक्रमणबाट निको भएको मन्त्रालयले उल्लेख गरेको छ ।

भारतमा अहिले २० लाख १८ हजार ८ सयभन्दा धेरै मानिस सक्रिय सङ्क्रमित भएका छन् । भारतमा कोरोनाको सङ्क्रमण दर १७ दशमलब ९४ प्रतिशत रहेको छ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट ९ हजार ६ सय ९२ जना सङ्क्रमित भैसकेका छन् ।