कास्की – पोखरामा आयोजित आहारारा गोल्पकप फुटबलको उद्घाटन खेलमा विभागीय टिम एपीएफले आयोजक सहारा क्लबलाई पराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २–० को सहज जित निकाल्दै सहारालाई पाखा लगाएको हो । यो जितसँगै विभागीय टिम एपीएफ आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एपीएफको लागि आभास लामिछाने १८ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी प्रदीप लामाले खेलको ६० औं मिनेटमा डि बक्सभित्र पाएको बललाई आफ्नो नियन्त्रणमा लिंदै सेकेन्ड बारमा जाली चुमाए । यो गोल सहित एपीएफ २–० गोलले विजयी बन्न पुग्यो । यो जितसँगै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको छ ।

प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सङ्कटा, नेपाल पुलिस, थ्री स्टार, एपीएफ, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, सहारा र बिवाईएसी मिनेसोटा यूएसए गरी दस टोलीले प्रतिस्पर्धा गर्नेछन् । आहा–रारा गोल्डकप पहिलो संस्करणदेखी निरन्तर भएको एकमात्र प्रतियोगिता हो । प्रतियोगिताको यो २० औँ संस्करण हो ।