काममाडौं – कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै गएको कारण त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । त्रिभूवन विश्वविद्यालय, केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ ९ गते आइतबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयले वार्षिक प्रणाली तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्म स्थगित रहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।