पोखरा – आहारारा गोल्डकपको २० औं संस्करण आजबाट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालामा सुरुभएको यस प्रतियोगिताको उद्घाटन खेलमा अहिल आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनगर गर्दै स्थानीय प्रशासनले फुटबल हेर्न जान निषेध गरेपछि विना दर्शक दुवै टिमले खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

कोरोना महामारीको बीच आजदेखि पोखरामा सुरु भएको खेलको उद्घाटन सत्रको क्रममा आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडीको पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ । सन् २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका खेलाडी विष्टलाई सहारा क्लबले ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो । सहारा क्लबले हरेक वर्ष एकजना राष्ट्रिय फुटबल खेलाडीलाई वर्षोत्कृष्ट राष्ट्रिय खेलाडीको पुस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष यो पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडी अभिषेक रिजाललाई सम्मानित गरिएको थियो ।