सांकेतिक तस्वीर
जनकपुरधाम – धनुषामा एक युवतीको विभत्स किसिमले हत्या भएको छ । धनुषाको धनुषाधाम नगरपालिका– ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टाउको फुटेको र रगत लतपतिएको अवस्थामा बुधबार साँझ युवतीको शव आँपको बगैँचामा फेला परेको र युवतीको बलात्कार पछि हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक रायले बताए अनुसार हत्या गरिएकी युवतीले रातो रङ्गको स्वेटर र नीलो रङ्गको कुर्ता सुरुवाल लगाएकी छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हत्या गरिएकी युवतीको परिचय भने खुलेको छैन । प्रहरी नायव उपरीक्षक रायका अनुसार ती युवती मधेसी मुलकी ह्ुन् ।