काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आकाशिंदै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो बुधबारको भन्दा छापावाल सुनमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।