फाइल तस्वीर

नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट एकै दिन तीन लाखभन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार एकै दिन तीन लाख १७ हजार ५३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणकै कारण ४ सय ९१ जनाको मृत्यु भएको उल्लेख छ ।


भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ भने दैनिक सङ्क्रमणको दर १६ दशमलब ४१ प्रतिशत रहेको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ९ हजार २८७ पुगेको छ । अघिल्लो दिनको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या ३.६३ प्रतिशत वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।