काठमाडौं – नेपाल क्रिकेट संघ क्यानलेआगामी फेब्रुअरीमा ओमानमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले आज बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।


सन्दीपले नेतृत्व गरेको नेपाली टिममा हिजोमात्रै सकिएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम, जितेन्द्र मुखिया, विवेक यादव र प्रदीप ऐरी परेका छन् । जितेन्द्र र प्रदीपले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । लोकेश र विवेकले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । विवेक यसअघि गएको वर्ष कतार भ्रमणका लागि टोलीमा परेका थिए । तर उक्त भ्रमण पछि रद्द हुन पुगेको थियो।


ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्नका लागि ओमान जाने नेपाली राष्ट्रिय टिमका खेलाडीहरुमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, करण केसी, कुशल भुर्तेल, आशिफ शेख, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् ।