काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ । देशभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी काठमाडौैं उपत्यकामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ६ सय ६६ जना, ललितपुरमा १ हजार १९ जना र भक्तपुरमा ५ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।