काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ हजार ३ सय ५२ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । गत २४ घण्टामा १८ हजार ७८ पीसीआर तथा ५ हजार ३३१ एन्टिजेन विधिबाट गरी कुल २३ हजार ४ सय ९ जनाको कोरोना भाइरसको परीक्षण भएको थियो ।


बुधबार ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय २८ पुगेको छ । बुधबार ६१३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार ९ सय २९ रहेको मन्त्रालयले जनाएको छ ।