नयाँदिल्ली– भारतले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण तीब्र बनेपछि भारतले यात्रुबाहक अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा रोक लगाएको हो ।

भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आमागी फेब्रुअरी २८ तारिखसम्मका लागि अन्तर्राष्ट्रिय व्यासायिक उडानमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त निर्णयले कार्गो उडान र डीजीसीएबाट अनुमति लिएका हवाई उडान भने सुचारुस हुने समाचारमा जनाइएको छ ।

पछिल्लो समय भारतका कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख ८२ हजार जनाभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार सय ४१ जनाको मृत्यु भएको छ ।