काठमाडौं— नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से ३८.३५ अङ्कले घट्दै २८ सय ९८.३१ विन्दुमा ओर्लिएको छ । बुधबार नेप्से ३८ अङ्क माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ । लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा आज पुनः गिरावट आएको छ ।

त्यसो त यस दिन समग्र सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत गिरावट आएको छ । ३८ अङ्क माथिले घटेको बजारमा आज कुल ६ अर्ब २ करोड १३ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जबकि मङ्गलबार १० अङ्कले घटेको बजारमा ८ अर्ब रुपैयाँ माथिको कारोबार भएको थियो ।