फाइल तस्वीर
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पेशा व्यापार बनाउन नहुने बताउनु भएको छ । राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने भन्दै यसलाई पेशा व्यपार बनाउँन नहुने धारणा व्यक्त गर्नु भएको हो ।
झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पु¥याउनुपर्छ भन्नुभयो । रासस