काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै देशभरका सङ्क्रमित मध्ये आधा सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जसमध्ये काठमाडौं ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ९ सय ७५ जना र भक्तपुरमा ५७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आजको मुलुकभरीको कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क हेर्दा नेपालमा अहिले सम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।


पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षण मध्ये ४४ दशमलब ९३ प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा सङ्क्रमण पुष्टि भएको हो । देशभर सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ३९ हजार ४४ पुगेको छ । सोही अवधिमा ५६२ जना सङक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको छ ।