नयाँदिल्ली— भारतमा एकैदिन ठूलो सङ्ख्यामा कोरोना भाइरसबाट धेरै मानिसहरु सङ्क्रमित भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार दुईसय दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा तीन सय १४ जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार भारतमा अहिले कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ लाख ५० हजार तीनसय ७७ जना रहेका छन् । कोरोना भाइरस सङ्क्रमण भएका मध्ये अहिलेसम्म ४ लाख ८६ हजार ६६ जनाको मृत्यु भैसकेको उल्लेख छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सात हजार सात सय ४३ जना सङ्क्रमित भैसकेका छन् ।