फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टलाई २–० गोलको सहज जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा ३२औं मिनेटमा पीएसजीका लागि केलियन एमबाप्पेले गोल गर्दै अग्रता दिलाएका थिए । पीएसजीले दोस्रो हाफ सुरुभएको ८ मिनेटमा केहेरले गोल गर्दै आफ्नो टिमको लागि सहज जित निकाले ।

पीएसजीका दुई स्टार खेलाडी मेसी कोरोना सङ्क्रमणका कारण र नेइमार चोटका कारण मैदानमा नरहे पनि पीएसजीले बे्रस्टमा २–० को सहज जित निकाल्न सफल भयो । यो जितसँगै पीएसजीले २१ खेलबाट ५० अङ्क जोड्दै शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा रहेको निसको भने ३९ अङ्क छ । पहिलो स्थानको पीएसजी दोस्रो स्थानको निसभन्दा ११ अङ्कले अगाडि छ । पीएसजीसँग पराजित ब्रेस्टको भने २५ साथ १३ औं स्थानमा छ ।