ललितपुर – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । ११ कात्तिकमा खुलेको आवेदन रद्द गरेर १५ पुसमा खुलाइएको आवेदनमा १५ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार आवेदन दिनेमा अधिकांश पुरानै आवेदक छन् । जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देश निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र अनिल पौडेल, डा.केशवप्रसाद श्रेष्ठ, जीवन अमगाईं, मुक्ति अर्याल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछाने र रमेश अधिकारीको आवेदन परेको छ ।

गत ११ कात्तिकमा खुलेको आवेदनमा १२ जनाले आवेदन दिएका थिए भने अहिले १५ जनाले दिएका छन् । थपिनेमा खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेल छन् । अघिल्लो पटक आवेदन दिएका आईक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्यले भने यसपटक आवेदन दिएका छैनन् ।