काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरसको सङ्क्रमत पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार कुल १५ हजार ८१ जनाको पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमूनाको परीक्षणबाट सो सख्यामा सङ्क्रमण पुष्टि भएको हो ।


यसैगरी कोरोना भाइरसबाट सङ्क्रमण भएका मध्ये आज एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ९३ पुगेको छ । कोरोनाबाट सङ्क्रमति भएका मध्ये आज २७१ जना सङक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।