काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयरबजारमा वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५४ दशमलव १२ अङ्कले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अङ्कको वृद्धिसँगै नेप्से परिसूचक २८५७ दशमलव ७५ अङ्कमा पुगेको छ ।

आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बैंकिङ उपसमूह ९दशमलव ८७, व्यापार ८३ दशमलव ४५, होटल तथा पर्यटन ३५ दशमलव ६९, विकास बैंक १४७ दशमलव ६५, जलविद्युत १५८ दशमलव ४७, फाइनान्स ९२ दशमलव ५९, बीमा २८८ दशमलव ५६, उत्पादन १२७ दशमलव ३३, माइकोफाइनान्स १७४ दशमलव ३४ र जीवन बीमा उपसमूह ३४९ दशमलव ६१ ले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।