काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, आज चाँदीको मूय पनि बढेको छ । बुधबार प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बिहीबार २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङघले जनाएको छ ।