फाइल तस्वीर

धादिङ – विकास पहुँच पुर्याउन बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीनजना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा चालक, सहचालक र उपभोक्ता समितिका एकजना रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण भने अझै आइसकेको छैन । बेपत्ता हुनेहरुको खोजी र उद्धारको लागि प्रहरी टोली परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङलाई आज बिहान साढे आठ बजे घटनाबारे खबर आएको बताइएको छ ।