प्रतिकात्मक तस्वीर

स्याङ्जा – स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ । साइमनको घाँटीमा चक्कु प्रहार भएको र गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्नेबारे एकिन खुलिनसकेको प्रहरीले जनाएको छ ।