काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा ९ सय ८० जना , भक्तपुरमा ८५ जना र ललितपुरमा २ सय २१ जना सङ्क्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ५ हजार ३ सय १० पुगेको छ ।

हाल देशभर ८ हजार ८ सय ६७ जना होम आइसोलेसनमा, र जना संस्थागत आइसोलेसनम ६ सय ५५ संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ९३ जना आईसीयूमा, १९ जना भेन्टिलेटरमा र १ सय १३ संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।