काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।