काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको मौसममा आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा बदली भएको हो ।

एक र दुई नम्बर प्रदेशलगायत केही पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेकोे छ । आज दिउँसो देशभरको मौसममा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार देशको प्रदेश नम्बर एक, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण मौसममा आएको परिवर्तनले देशका विभिन्न ठाउँमा आंशिक हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।