कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगमी माघ ६ गतेदेखि सुरु हुने भएको छ । पोखरामा आयोजना हुनलागेको उक्त प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने हुने जनाइएको छ । आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ‘ए’ डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

‘ए’ डिभिजन क्लबहरुमध्ये तीन विभागीय टिम त्रिभुवन आर्मी, एपिएफ क्लब, नेपाल पुलिस क्लब सहित मछिन्द्र, सङ्कटा, हिमालयन शेर्पा, थ्री स्टार विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिए । क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ । मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताहरुमध्ये आहा रारा गोल्डकप चर्चित फुटबल प्रतियोगिता हो ।