काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । सोमबार पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी उपत्यकाकै रहेको तथ्याङ्कले देखाएको छ । गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर तथा २ हजार ४६४ एन्टिजेन परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ४६ जना सङ्क्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै ८७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १३६ जना र भक्तपुरमा ६५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।