काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट एक हजार तीन सय ५७ जना र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कुल ११ हजार चार सय २९ जनाको कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा आज सोमबार एक हजार चार सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ५५ जना पुगेको छ ।


कोरोना भाइरस सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना सङक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


यसैगरी आज दुई सय ५५ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।