काठमाडौं – आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।