काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार पनि उही मूल्यमा कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुन तोलामा ९१ हजार १ सय रुपैयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि घटबढ नभई समान मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।