फाइल तस्वीर

सुनसरी– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी निर्वाचन एक्लै लड्ने भएको छ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काङ्ग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका हुन् ।

शनिबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।
ब्नबलष् न्चयगउ

नेता कोइरालाले भने, ‘अब काङ्ग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिह्न रुखबाहेक अन्य चिह्नमा मत नहाल्ने आशय व्यक्त गरिसकेका छन् । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सके निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए । पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउन सक्ने नेता कोइरालाले बताए ।
न्यिदब िदबलप

उनले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे । नेता कोइरालाले भने, ‘सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनुप¥यो । देखिने गरी हुनुप¥यो । न्यायसंगत हुनुप¥यो ।’

आमनेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको उल्लेख गरे । नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ काङ्ग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिए । रासस