काठमाडौं – देशभर थप ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ७२ र एन्टिजेन विधिबाट ३ सय ९६ जना गरी ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्याङ्क समावेश रहेको छ ।

यही अवधिमा थप २ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७ सय ९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७ सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन ।