ओमान – ओमानमा रहेका विदेशी श्रमिकलाई कोरोना खोपको तेस्रो मात्रा दिइने भएको छ । त्यहाँस्थित नेपाली दूतावासले ओमान सरकारले दिन लागेको खोपसेवा लिन नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ ।

आउँदो आइतबार जनवरी ९ देखि १३ तारिखसम्म ओमानको सोहरस्थित पुनर्स्थापना केन्द्रमा खोप लगाइने छ । दोस्रो डोज लगाएको तीन महिना भएकाहरूले खोप लाउन सक्ने दूतवासले जनाएको छ ।

ओमानमा पछिल्लो समय कोरोना सङ्क्रमण बढिरहेको छ । बिहीबार दुई सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । ओमानमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ४ हजार १ सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।