काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ वटा नमुना परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्ला दिनहरुमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या बढ्दै गएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १ जनाले ज्यान गुमाएको छ भने सोहि अवधिमा २ सय ७१ जना निको भएका छन् । यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६ सय २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४ सय ८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४ सय ४५ जना गरी कुल ९ लाख २६ हजार ९ सय २५ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४ सय ४७ जना निको भइसकेका छन् ।